‘प्रेमगीत ३’ को मोसन पोस्टरमा यस्तो देखिए प्रदीप

प्रकाशित मिति:

काठमाडौं – वर्षको अन्त्यमा प्रदर्शनमा आउन लागेको प्रतीक्षित फिल्म ‘प्रेमगीत ३’ को मोसन पोस्टर रिलिज भएको छ । फ्लोरमा जाने तयारीमा जान लागेको निर्माण टिमले फिल्मको मोसन पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा अभिनेता प्रदीप खड्काको योद्धा अवतार देख्न सकिन्छ । पोस्टरले फिल्मप्रति दर्शकको चासो बढाएको छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्ने यो फिल्ममा क्रिष्टिना गुरुङ, सुनील थापा, शिव श्रेष्ठ, मनिष राउत, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ । आसुशेन फिल्मको ब्यानरमा निर्माण हुने यो फिल्ममा हिमाल केसीको एक्सन, राजेश श्रेष्ठको डीओपी, वनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । २ सय वर्ष पुरानो कथा समेटिएको फिल्मलाई ‘निषेध गरिएको प्रेमकथा’ भनिएको छ । फिल्म चैत २८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।