अदालतको अन्तिम फैसला कुर्ने की ,अर्को विकल्प रोज्ने भन्ने विषयमा महरा र देव गुरुङबीच छलफल

प्रकाशित मिति:

काठमाडौं  – जबरजस्ती करणी उद्योगको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई नेकपाका नेता देव गुरुङले भेट गरेका छन् । दशैंको अष्टमीको दिन पक्राउ परेपछि पार्टीका नेताहरुलाई भेट गर्न नमानेका महराले नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई प्रहरी हिरासतमै भेट गरेपछि आफ्नै पार्टी नेता देव गुरुङलाई कारागारमा भेट गरेका हुन् ।

उनीहरुबीच मुद्दाका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको स्रोतको भनाइ छ । जिल्ला अदालतको अन्तिम फैसाला कुर्ने की त्यसभन्दा अगाडि अरु विकल्प खोज्ने भन्ने विषयमा कानुन पृष्ठभूमिका नेता गुरुङसँग महराले छलफल गरेको बताइएको छ ।