मजदुर किसान पार्टी दाङले प्रदेशसभा सदस्यको लागि सुरेश परियारलाई उम्मेदवारमा उठायो

प्रकाशित मिति:

घोराही –नेपाल मजदुर किसान पार्टीले दाङ क्षेत्र नं ३( २) मा प्रदेशसभा सदस्यको लागि सुरेश परियारलाई उम्मेदवार उठाएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि बिहीबार घोरहीस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गरेको हो ।निर्वाचनलाई सैद्धान्तिक संघर्षको रुपमा उपयोग गर्दै आएको नेपाल मजदुर किसान पार्टीले उपनिर्वाचनमा पनि कम्युनिष्ट सिद्धान्त र चरित्रबारे प्रकाश पार्ने नेमकिपा ५ नं। प्रदेश समिति संयोजक हरिसुन्दर वासीले बताउनु भयो । कामदार जनतासँग कम्युनिष्टको नाममा भोट थापेर नक्कली कम्युनिष्टहरुले पुँजीवादी सरकारमा गई वर्गशत्रुलाई खुशी पारिरहेको चर्चा गर्दै संयोजक वासीले कम्युनिष्टहरुको समाजवादी व्यवस्थामा शिक्षा, स्वास्थ्य निशुल्क र रोजगारी सुनिश्चित हुन्छ भन्नुभयो ।

दाङ उपत्यकामा प्रदेश राजधानी राख्ने प्रस्ताव सार्थक बनाउन नेमकिपाको मादल चिन्हमा मतदान गर्न आह्वान गर्दै नेमकिपाबाट प्रदेशसभा सदस्य उम्मेदवार सुरेस परियारले नेमकिपा जनताको प्रजातन्त्र स्थापना गर्न संघर्षरत छ भन्नुभयो ।