नेविसंघको मसालजुलुसमा प्रहरीको हस्तक्षेप

प्रकाशित मिति:

सबलपोस्ट/भैरहवा –भारतीय विस्तारबाद र नेपाल सरकारको मौनताको विरुद्धमा नेपाल विद्यार्थी संघ सिद्धार्थनगर समितिले आज भैरहवामा निकालेको मसालजुलुसमा नेपाल प्रहरीले हस्तक्षेप गरेको छ । भारतले हालै निकालेको नक्सामा लिपुलेक र कालापानीलाई आफ्नो देशको नक्सामा समावेश गरे पछि अहिले देश व्यापि रुपमा चर्को आलोचना भइरहेको बेला भैरहवाको बुद्धचोकमा नेविसंघले निकालेको मसालजुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

नेविसंघले मसाल जुलुस निकाल्दै भारतीय विस्तारवाद मुर्दावाद, केपि ओली सरकार मुर्दाबाद, लिपुलेक र कालापानी हाम्रो भन्दै नारा लगाउनुका साथै मसालजुलुस निकालेका थिए । मसालजुलुस गर्दा शान्त रुपमा रहेको नेपाल प्रहरी नेविसंघले नारा लगाउन थाले पछि हस्तक्षेप गर्न आएको नेविसंघका निवर्तमान केन्द्रिय सदस्य लेखनाथ भट्टराईले बताए । नेविसंघले कठौतिया गाउँबाट मसाल जुलुस निकाले भैरहवाको बुद्धचोकमा आएर कोणसभा गर्न लागेका बेला हस्तक्षेप भएको भट्टराईले बताए ।