चलचित्र ‘लिलिबिलि’ का निर्माता शाही समातिए

२१ कार्तिक २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
36 Shares


काठमाडौं – चलचित्र ‘लिलिबिलि’ का निर्माता गोविन्द शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई पैसा हिनामिना गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको हो ।शाहीमाथि चलचित्र निर्माण गर्ने क्रममा एक करोड हिनामिना गरेको आराप लागेपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो । उनलाई बिहीबार महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो । बिहीबार नै शाहीलाई कालिमाटी वृत्तको जिम्मा लगाएको बताइएको छ ।एक वर्षअघि शाहीसहित तीन जनाको समूहले ‘लिलिबिली’ निर्माण गरेका थिए। उक्त फिल्म निर्माण गर्नेक्रममा शाहीले एक करोड हिनामिना गरेपछि सुदीप खड्का र निर्माता मिलन चान्सले महानगरीय प्रहरी अपराध महाशाखामा जाहेरी दिएका थिए

फेसबुकबाट तपाईको प्रतिक्रिया