नेपाली महिला पडकास्टरलाई न्युयोर्कमा लिडरशीप अवार्ड

२२ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
26 Shares


न्युयोर्क-न्युयोर्क शहरमा अध्ययनरत एक नेपाली विधार्थीलाई सन् २०१९ को ‘एल। सी। यु। फन्ड प्रेसिडेन्ट्स अवार्ड फर एक्सिलेन्स इन लिडरशीप’ प्रदान गरिएको छ ।१६० वर्षभन्दा पुरानो इतिहास रहेको द। एल। सी। यु। फण्ड फर वीमन एडुकेशनले बुधबार बरुक कलेजमा अध्ययनरत दिपिका श्रेष्ठलाई आफ्नो पडकास्ट मार्फत अमेरिकामा बस्दै आएका आप्रवासीहरुकालागि सहयोग हुने काम गर्दै आएकाले उक्त अवार्ड प्रदान गरेको हो ।श्रेष्ठले विगत १ वर्षभन्दा बढी समयदेखि आफ्नो श्रीमानसँग मिलेर न्युयोर्कबाट ‘एट द इन्ड अफ द डे’ नामक साप्ताहिक पडकास्ट संचालन गरिरहेकी छिन् ।पडकास्टमा अमेरिकामा रहेका नेपाली र गैह्र नेपाली आप्रवासी युवा

पुस्तालाई करियर बनाउन मार्गनिर्देश गर्ने खालका कार्यक्रम बनाइने गरिन्छ । विभिन्न देशबाट अमेरिका बसाई सरेर आएका र यहाँ पनि आफ्नो करियरमा सफलता हासिल गरिरहेकाहरुसँग श्रेष्ठले पडकास्टमा अन्तरवार्ता लिने गर्छिन् ।‘यो पडकास्ट गर्नुको मुख्य उद्देश्य नै यो देशमा आउने नयां पुस्तालाई यहाँ पनि आफ्नो करियरलाई निरन्तरता दिन सकिन्छ भनेर प्रोत्साहन दिनु हो’ श्रेष्ठले भनिन् । “मैले कहिले पनि सोचेकी थिइन कि यो पडकास्टको कामलाई यहांको समाजले यसरी महत्व दिंदै आएको रहेछ” उनले थपिन् ।नेपालमा बीबीसी मिडिया एक्सन्मा ५ वर्षभन्दा बढी संचारकर्मीको रुपमा काम गरेकी श्रेष्ठ यहां इन्टरनेशनल अफेयर्समा स्नात्तोकत्तर गरिरहेकी छिन् ।अंग्रेजी भाषामा प्रशारण हुने उनकोे पडकास्ट युटुबमा हेर्न सकिनेछ भने आइट्युन्स, स्पोटिफाइ लगायत १० भन्दा बढी पडकास्ट प्लाटफर्ममा सुन्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा