ब्राजिलका पूर्व राष्ट्रपति लुला रिहा हुनसक्ने

२२ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
23 Shares

SAO BERNARDO DO CAMPO, BRAZIL – APRIL 07: Former President Luiz Inacio Lula da Silva gestures to supporters at the headquarters of the Metalworkers’ Union where a Catholic mass was held in memory of his late wife Marisa Leticia on April 7, 2018 in the Sao Bernardo do Campo section of Sao Paulo, Brazil. An arrest warrant was issued on Thursday for da Silva to serve a 12-year jail term for corruption. The 72 year old former president told the crowd “I will comply with their warrant.” (Photo by Victor Moriyama/Getty Images)

एजेन्सी-ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासिओ लुला डि सिल्भा हिरासतबाट रिहा हुनसक्ने भएका छन् । बिहिबार त्यहाँको अदालतले नयाँ नियम पारित गरेपछि लुला रिहा हुनसक्ने अवस्था बनेको हो ।अदालतको फैसला अनुसार दोषी ठहरिएका अभियुक्त पुनरावेदनबारे फैसलापछि मात्र जेल लगिने प्रावधान छ । यसले हजारौं बन्दी रिहा हुने अवस्था बनेको छ । लुला पनि यस्तै बन्दी हुन् जसले पुनरावेदन हालेका छन् । भ्रष्टाचारको अभियोग लागेका वामपन्थी धारका लुलालाई गत वर्ष जेल हालिएको थियो । उनी सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति बनेर लोकप्रीय भएका थिए ।लुलाले पछिल्लो राष्ट्रपतिको चुनावमा उम्मेदवारी दिन खोजेपछि अदालतको फैसलाले रोकिएको थियो । उनी ब्राजिलमा अझै लोकप्रीय छन् । लुलाले आफूमाथिको भ्रष्टाचारको अभियोग अस्वीकार गर्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया