सन्दीपको किर्तिमान- धेरै राष्ट्रमा क्रिकेट खेल्ने खेलाडीको सूचिमा

२२ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
30 Shares

lbNnL 8]o/8]leN;df cfj2 g]kfnL /fli6«o lqms]6 l6dsf v]nf8L ;lGbk nfld5fg] Ol08og lk|ldo/ lnu -cfO{kLPn_ a’waf/ ef/t hfg nfu]sfn] kqsf/;Fu sf7df8f}Fdf d+unaf/ kqsf/;Fu s’/fsfgL ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने धेरै राष्ट्रमा क्रिकेट खेल्ने खेलाडीको सूचिमा परेका छन् । क्रिकेटको चर्चित म्यागेजिन ‘क्रिकेट मन्थ्ली’ले निकालेका सर्वेक्षणमा लेग स्पिनर सन्दीप टि–ट्वान्टी क्रिकेटकालागि धेरै राष्ट्रको भ्रमण गर्ने खेलाडी बनेका हुन ।म्यागजेनका अनुसार उनले अक्टोबर २०१८ देखि २०१९ सम्मको अवधिमा आठ राष्ट्रमा क्रिकेट खेलिसकका छन् । सन्दीपले भारतको आइपीएल, बंगलादेशको बिपीएल, अष्ट्रेलियाको बिग बास, वेष्ट इण्डिजको सीपीएल, पाकिस्थानको पीएसएल, अफगानीस्थानको एपीएल, क्यानडाको ग्लोबल टि२० र युएईको टी–१० लिग खेल्ने क्रममा उक्त राष्ट्रको भ्रमण गरेका हुन ।

सर्वेक्षण अनुसार उनी धेरै टिमबाट खेल्ने क्रिकेटरको दोस्रो स्थानमा परेका छन् । सन्दीपले सात टिमबाट खेलेका छन् । सन्दीपले नेपालस्थित दिल्ली क्यापिटल, मेलबर्न स्टार्स, लाहोर क्वालान्डर्स बर्वाडोस टिडेन्टस, सिलेड सिक्सर्स र नागाहर लियोपार्टसबाट खेलेका छन् ।सन्दीपसंगै अफगानिस्थानका नाजिबुल्लाह जाड्रनले पनि आठ राष्ट्रको भ्रमण गरेका छन् । सन्दीप र जाडुुन सयुक्त शीर्ष स्थाजनमा रहेका छन् । अफगानिस्थानका राशिद खान, रहमत शाह, श्रीलंकाका थिसरा परेरा, इशुरु उडाना र न्यूजिल्यान्डका कोलिन मुन्नोले सात राष्ट्र भ्रमण गरेर दोस्रो स्थानमा रहेका छन् ।शुक्रबार साप्ताहिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा