यस्ता छन् सखरखण्डको फाइदा

२२ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
32 Shares


काठमाडौं — सहरमा बस्ने धेरैजसो मानिसलाई सखरखण्ड भनेको के हो भन्ने थाहा नहुन सक्छ । तर, ‘स्विट पोटेटो’ भन्दा उनीहरूका आँखाअघि यसको चित्र आउन सक्छ ।सहरमा बस्ने धेरैजसो मानिसलाई सखरखण्ड भनेको के हो भन्ने थाहा नहुन सक्छ ।तर, ‘स्विट पोटेटो’ भन्दा उनीहरूका आँखाअघि यसको चित्र आउन सक्छ ।सखरखण्ड ऊर्जाको धेरै राम्रो स्रोत हो । आयुर्वेदअनुसार, यो जाडोमा बढी लाभदायक हुन्छ । किनभने जाडो याममा कन्दमूल बढी फाइदाजनक मानिन्छ । कन्दमूलले हाम्रो शरीरलाई न्यानो बनाइराख्न सघाउँछ ।पोषक तत्त्वले भरिपूर्ण सखरखण्डको सेवनले धेरै फाइदा मिल्छ । यसमा क्यालोरी र स्टार्चको सामान्य मात्रा हुन्छ, स्याचुरेटेड फ्याट र कोलेस्टोरोलको मात्रा नभए बराबर हुन्छ । सखरखण्डमा फाइबर, एन्टिअक्सिडेन्ट, क्यौरोटिनायड, भिटामिन ए, भिटा क्यारोटिन प्रशस्तमात्रामा पाइन्छ ।सखरखण्ड उच्च मात्रामा स्टार्च भएको खाद्यपदार्थ भएकोले यसको एक सय ग्राममा ९० क्यालोरीसम्म हुन्छ । यस्तै फोलेट, आइरन, म्याग्नेसियम, कपर, भिटामिन आदि पनि प्रशस्त पाइन्छ ।

यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउछ ।यसको सेवनले छालामा चमक आउँछ । छालालाई तरोताजा बनाउन यो धेरै लाभदायक मानिन्छ ।यसको नियमित सेवनले छालामा चाउरी आउन कम हुने मान्यता छ ।यसमा डायट्री फाइबर र कार्बोहाइड्रेट बढी मात्रामा हुन्छ, जसले रगतलाई बढाउँछ । यसमा पाइने क्यारोटिनाइडले रगतमा चिनीको मात्रा नियन्त्रित गर्न सघाउँछ । यसैले यो मधुमेहको बिरामीका लागि निकै राम्रो मानिन्छ ।रक्तचाप नियन्त्रण गर्न सखरखण्डको सेवन लाभदायक मानिन्छ । यसको उपयोगले रगतमा चिनीको स्तर नियन्त्रित रहन्छ र इन्सुलिन बढ्दैन । यसमा भएको पोटेसियमले स्नायु प्रणालीको सक्रियतालाइ राम्रो बनाइराख्नुका साथैमृगौलालाई स्वस्थ राख्न महत्त्वपूर्ण योगदान दिन्छ ।भिटामिन बी ६ ले परिपूर्ण यसले शरीरमा होमोसिस्टिन नामक अमिनो एसिडको प्रवाहलाई नियन्त्रण गर्छ । अमिनो एसिडको मात्रा बढ्दा रोगको जोखिम पनि बढ्ने गर्छ ।सखरखण्डमा भिटामिन डी प्रशस्त हुन्छ । यसका कारण हाड, दाँत, नशा, छालाको लागि यसको सेवनबाट फाइदा पुग्छ । यसमा भिटामिन ए पनि प्रशस्त हुन्छ । यसको सेवनले शरीरलाई ९० प्रतिशतसम्म भिटामिन ‘ए’ को परिपूर्ति हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया