स्कर्लस होमद्धारा तीजको अवसरमा अपाङ्ग आश्रममा दर खुवाईयो

प्रकाशित मिति:

स्कलर्स होम बोडिङ स्कुलले नेपाली महिलाहरुको पर्व तीजको अवसरमा अपाङ्ग वालवालिकाहरुलाई दर खुवाएको छ ।
देविनगरमा रहेको नेपाल अपाङ्ग तथा अनाथ आश्रमका बालबालिकालाई एक कार्यक्रमको आयोजना गरी स्कलर्सका महिला शिक्षकहरुले दर खुवाएका हुन ।
साथै विद्यालयमा सकृय रहेको इन्ट्रायक्ट क्लवको सकृयतामा अनाथ तथा अपाङ्ग बालबालिकालाई शैशिक्ष सामाग्री समेत वितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि विद्यालयका संस्थापक लक्ष्मी गुरुङले अपाङ्गहरुले पनि उचित अवसर पाएमा सपाङ्गले सरह प्रगति गर्न सक्ने बताउनुभयो ।
त्यस्तै विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले समाजमा सकारात्मक प्रभाव पारोस भन्ने उद्श्यले आश्रममा नै दर खुवाउने कार्यको सुरुवात गरेको बताउनुभयो ।आश्रमका अध्यक्ष डोर बहादुर रामगामले यस प्रकारका कार्यक्रमहरुले मला पर्व आएको बालवालिकाहरुले महसुस गर्ने गरेको बताउनुभयो ।विद्यालयका महिला शिक्षक सीता राईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रशासकीय अधिकृत लोक प्रसाद भन्डारी, सावित्रा पन्थी, गीता बन्जाडे, इन्ट्रायक्ट क्लवका अध्यक्ष, समिर पराजुलीलगाएतले बोल्नुभएको थियो ।
साथै विद्यालयका महिला शिक्षकहरु र आश्रमका बालबालिकाले तीजका गितमा रमाइलो समेत गरेका थिए ।