चट्ट देखिन जुम्बा डान्स

२२ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
43 Shares


बुटवल — शारीरिक रूपमा तन्दुरुस्त हुन सबैलाई मन पर्छ । उमेर बढदै जाँदा सहरियाहरूमा मोटाउने र भुँडी बढ्ने समस्या छ । फुर्तिलो देखिन धेरैले खाना कटौती गर्ने गर्छन् । कोही बिहान हिँड्छन्, खेल्छन् । पछिल्लो पटक सहरमा यस्ता समस्याले पिरोलिएका व्यक्तिका लागि नयाँ उपाय आएको छ जुम्बा डान्स ।बुटवलको सी इनर्जी महिला फिटनेस केन्द्रमा जुम्बा डान्स गर्दै महिला ।अमृतारकान्तिपुरबुटवलका युवायुवती यही उपायतिर आकर्षित भइरहेका छन् ।‘फिटनेस सेन्टरभन्दा यो राम्रो लाग्यो,’ मनीषा श्रेष्ठले सुनाइन्, ‘नाच्न’नि पाइने, स्वस्थ’नि भइने † खानामा कटौती गर्न नपर्ने । गज्जब रहेछ ।’बुटवल बहुमुखी क्याम्पसमा स्नातकोत्तर पढिरहेकी मनीषाले स्लिम र आकर्षक देखिन जुम्बा गरिरहेको बताइन् । सहरको केन्द्र ट्राफिकचोकमा अहिले जुम्बा डान्सको केन्द्र खुलेको छ ।जुम्बा डान्समा गीत अनुसारका क्रियाकलाप हुन्छन् ।

अंग्रेजी, स्पेनी आदि गीत बजेसँगै हात फैलाउने, गोडा उचाल्ने, कमर मर्काउने र मुन्टो निहुर्‍याउने गर्नुपर्छ । अनि नाच्नुपर्छ । फास्ट बिटको गीत बजे त्यसै अनुरूप आफ्नो गति बढाउनुपर्छ । यतिन्जेल एक घण्टा बितिसकेको हुन्छ । प्रशिक्षार्थीहरू पसिनाले भिजिसकेका हुन्छन् ।‘गह्रौँ व्यायाम गर्दा शरीरलाई हानिहोला र खाना घटाउँदा कमजोरीले छोप्लाभनी सोच्ने हामीजस्तालाई जुम्बाडान्स ठिक रहेछ,’ कालिकानगरकी निरु बज्राचार्यले भनिन् ।विश्व शारीरिक सुगठन प्रतियोगितामापदक विजेता ननिता महर्जनका अनुसार, जुम्बा डान्स महिलाका लागि ‘सफ्ट एक्सरसाइज’ हो । त्यसैले पुरुषकोतुलनामा यसमा महिलाको संख्या धेरै हुन्छ । ‘स्लिम बन्न चाहनेका लागि र जिम जान झन्झट मान्नेका लागि यो उपयुक्त छ,’उनले भनिन् ।एरोबिक्स र फिटनेस धाउँदा वाक्क बनेकाका लागि पनि जुम्बाले मन तानेको छ । नाच्ने रुचि भएकाका लागि दोहोरो प्लेटफर्म हुनसक्छ । जुम्बा डान्स गरिरहेकी अमरपथकी मन्जु थापाले भनिन्, ‘नाच्न पनि जानिने शरीर पनि फिट हुने भएकाले यता लागें ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया