अनेरास्ववियूले बेलहिया नाका पुगेर दियो भारतलाई यस्तो चेतावनी

२२ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
437 Shares


भैरहवा –  अनेरास्ववियूले शुक्रबार नेपाल भारत सीमाना क्षेत्र बेलहिया पुगेर बिरोध प्रदर्शन गरेको छ। नेकपा सबद्ध बिध्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र बिध्यार्थी यूनियन रुपन्देही क्षेत्र नं ३ क्षेत्रिय कमिटीले सिमा नाका पुगेर बिरोध प्रदर्शन गरेको हो । लिपुलेक, कालापानी लगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा प्रदर्शन गरिएको हो। अनेरास्ववियू नेत्री लक्ष्मी केसीको नेतृत्वमा रुपन्देहीको सीमा नाका बेलहियामा प्रदर्शन पछि भारतीय ज्यादतिका विरुद्धमा सीमा नाकामा बिरोध कार्यक्रम भएको हो । भारतीय विस्तारवाद मुर्दावाद, ब्याक अफ इन्डिया, असमान सन्धी खारेज गर,मिचिएका भू–भाग फिर्ता गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो।

उक्त विरोध प्रदर्शनमा स्थानीय जनताले समेत साथ दिएका थिए। ‘सीमानामा बिरोध कार्यक्रम गरेपछि सीमानामै नारा जुलुस भएको थियो। बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा स्थानिय नेता अर्जुन गिरीले दुई छिमेकीको सम्बन्ध सुमधुर हुनुपर्ने बताए। उनले भने, ‘भूगोलमा हाम्रो देश सानो भएपनि सम्मान र अस्मितामा हामी कोही भन्दा कम छैनौं।’

कार्यक्रममा नेत्री लक्ष्मी केसीले वीर नेपालीहरू सीमा रक्षाको निम्ति बलिदान गर्न तयार रहेको बताइन् । उनले भनिन् भारतका शासकहरू नेपाल आउँदा हामीले सक्दो सम्मान गर्छौ तर उनिहरुले हाम्रो देशको सिमा मिचेर हामी लाइ दुख दिने गर्छन् । कार्यक्रममा अनेरास्ववियू भैरहवा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष सरोज ठकुरीले देशको एक इञ्च जमिनपनि मिच्न नदिनका लागि सबै नेपाली एकजुट हुन आग्रह गरे। कार्यक्रमको अध्यक्ष तत्कालीन नेकपा एमाले सम्बद्ध अनेरास्ववियू क्षेत्र नं ३ क्षेत्रिय कमिटी अध्यक्ष झक बहादुर आलेले भारत नेपालको राम्रो सहयोगी हुनुपर्नेमा सिमा मिचेर नालायकीपन देखाएको दावी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया