पत्रकार चौधरीमाथी हातपात र दुव्यवहार

प्रकाशित मिति:

बुटवल – बुद्ध सामुदायिक टेलिभिजनका पत्रकार राज चौधरी माथी बिहिबार राती हातपात र दुव्यवहार भएको छ । कार्यालयको काम सकेर बुटवलको प्रगतीनगर आफ्नो कोठामा जादै गर्दा जागरण चोक नजिकै हातपात र दुव्यवहार भएको हो । रिफे्रेस क्याफे नजिकै सडक छेउमा रहेका केहि युवाहरुले राती १२ बजेको समयमा चौधरीमाथी दुरव्यवहार गरेका हुन् । उनिहरु मध्ये केही युवाहरु सोहि क्याफेवाट निश्किएका थिए । गाली गलोच गर्दै चौधरीको मोवाईल र डायरी खोसेका हुन् ।

नगद र अन्यकागजात समेत लुट्ने प्रयास गरेका थिए । मिडियाको कार्ड देखाएपनि उनिहरुले उल्टै कार्ड नै खोसेको पत्रकार चौधरीको गुनासो छ । राती १२ बजको समयमा क्याफेवाट निश्किीएका युवाहरुले संचार संस्था र संचारकर्मीहरुलाई समेत गालीगलोच गरेका थिए । घटना भएको केहिपछि पुगेको प्रहरीले उल्टै उनिहरुकै कुरा सुनेको गुनासो पत्रकार चौधरीको छ । दुरब्यवहारमा परेका पत्रकार चौधरीले घटनामा सम्लग्नहरुलाई कानुनी कारवाहीको माग गरेका छन् ।

उनको शरिरका विभिन्न भागमा चोट लागेको छ । उनि बुटवलको शिवनगरमा भएको कार्यक्रम छायाकन गरि फर्किएका थिए । यस्तै उक्त घटनामा सम्लग्नहरुलाई कारवाही गर्न बुद्ध सामुदायिक टेलिभिजनले माग गरेको छ । टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले आफ्ना कर्मचारीमाथी अपराधिक मनोबृत्तिका व्यक्तिहरुले पत्रकारको परिचय दिदा दिदै कुटपिट र दुरव्यवहार गर्नु गंभिर र अपत्तीजनक भएको उल्लेख गरेका छन् । उनले दोषिलाई तत्काल पहिचान गरि कानुनी कारवाहीको माग समेत गरेका छन् ।