भारतीय राजदूतलाई देउवाले फोन गरेर झाको झारेपछी…

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसले नेपाली भूमिमाथि हुने अतिक्रमण अस्वीकार्य भएको बताएको छ । कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएको भन्दै उनले भारतले जारी गरेको नक्साप्रति आपत्ति जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार नेपालस्थित भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई फोन गरेर नक्साप्रति आफ्नो पार्टीको ध्यानाकषर्ण भएको जनाएका छन् । देउवाले राजदूत पुरीलाई कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको स्मरण समेत गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले यसबारे साझा मत बनाउन र त्यसअनुसार कूटनीतिक माध्यमद्वारा समाधान खोज्न सरकारलाई आग्रह पनि गरेको छ ।

नक्सा नेपाललाई मान्य छैन : प्रचण्ड सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतले जारी गरेको नक्सा स्वीकार्य नभएको बताएका छन् । बिहीबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल अध्यक्ष प्रचण्डले भने, ‘जुन खालको नक्सा सार्वजनिक गरिएको छ, त्यो नेपाललाई मान्य छैन ।’