जापान गएका सन्दिप सम्पर्कविहिन भएपछी खोजिदिन परिवारको अनुरोध

प्रकाशित मिति:

जापान  – झण्डै एक वर्षदेखि परिवारसँग सम्पर्कविहिन रहेका सन्दीप कोइरालालाई खोजीदिन उनको परिवारले अपील गरेको छ । २२ वर्षीय सन्दीप २०७२ /१२/२९ मा जापान आएको उनको परिवारले बताएको छ ।

सुरुमा कुरुमे जापानमा आएका उनी किताक्युस्युमा रहेको ओहारा जिदोस्या कलेजमा अध्ययनरत थिए । उनी ०७५ मंसिर १७ देखि परिवारको सम्पर्कमा नरहेको सन्दीपका पिता भूमिप्रसाद कोइराला र माता मनकला कोइरालाले जानकारी दिएका छन् ।

स्याङ्जाको चापाकोट नगरपालिका-१, खोलागाउँका सन्दीपलाई खोजी गर्न सघाउन एनआरएनए क्युसुका संयोजक देवराज उप्रेतीलाई परिवारले आग्रह गरेका छन् ।सन्दीपलाई देखे भेटेमा एनआरएनए क्युस्यु वा जापान प्रहरी कार्यालय वा उनका पिता भूमिप्रसादलाई ९८४६६०७१२४ जानकारी दिन सकिने संयोजक उप्रेतीले जानकारी दिए । संयोजक उप्रेतीले जापान प्रहरीसम्म सम्पर्कविहिन सन्दीपको जानकारी दिने बताए ।