यी कलाकारले आफ्नी मोडल पत्नीलाई नराम्रोसँग कुटे, फुट्यो कानको जाली

प्रकाशित मिति:

भारत – भारतको मध्य प्रेदशका एक अभिनेताले आफ्नी मोडल पत्नीलाई कुटपिट गरेका छन् । अभिनेता कर्ण शास्त्रीले मोडल स्वाति मेहरालाई कानको जाली फुट्ने गरी कुटेपछि प्रहरीमा उजुरी परेको छ । घटनापछि घरेलु हिंसा भन्दै पीडितले उजुरी दिएकी छिन् । पीडित मोडलले पतिले दाइजोका लागि भन्दै घरेलु हिंसा गरेको बताएकी छिन् । उनले यसअघि पनि बारम्बार दुःख दिएको दाबी गरेकी छिन् ।

भारतीय मिडियाका अनुसार स्वातिले मुम्बईको एक प्रहरी चौकीमा उजुरी दर्ता गरेकी छिन् । यता कर्णले भने आफूले स्वातिमाथि हात नउठाएको बताएका छन् । उनले आफूहरु अब साथ रहन नसक्ने अवस्थामा पुगे पनि घरेलु हिंसा नगरेको दाबी गरेका छन् । आफूहरूले दुवै छुट्टिने फैसला आपसी सहमतिमा नै गरेको उनले बताए । कर्णले दाबी गर्दै भनेका छन्, ‘हामी सहमतिमा छुट्टिएका हौँ, तर अहिले उनले मेरो करिअर बरबाद गर्न शुरु गरिन्, उनले मेरो मात्र होइन, परिवारको पनि बदनाम गर्न चाहन्छिन् ।’