शक्तिशाली भूकम्प जादाँ पाँच जनाको मृत्यु, १२० जना घाइते

२२ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
20 Shares


सिन्हवा – इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ । भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु भएको र अरु १२० जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रान्तीय गभर्नर मोहम्मद रेजा पोर्मोहमादीले भूकम्पबाट कम्तीमा ३० घर क्षतिग्रस्त भएको जानकारी दिनुभयो ।

प्रान्तका ४१ वटा गाउँमा उद्धारकार्य जारी रहेको र दुईवटा क्षेत्र सर्वाधिक प्रभावमा परेका छन् । सन् १९९० मा इरानमा आएको ७।४ म्याग्नीच्यूडको भूकम्पबाट ४० हजारको मृत्यु हुनुका साथै तीन लाख मानिस घाइते भएका थिए । हालैका वर्षमा इरानमा दुईवटा ठूला भूकम्प गएका छन् । सन् २००५ को भूकम्पमा ६०० भन्दा बढीको मृत्यु भएको थियो भने सन् २०१२ को भूकम्पमा झण्डै ३०० को मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा