पत्रकार कुटपिटप्रति नेपाल पत्रकार महासंघ रुपन्देहीको ध्यानाकर्षण

प्रकाशित मिति:

बुटवल – बुद्ध सामुदायिक टेलिभिजनका पत्रकार राज चौधरी माथी बिहिबार राती हातपात र दुव्यवहार भएको छ । कार्यालयको काम सकेर बुटवलको प्रगतीनगर आफ्नो कोठामा जादै गर्दा जागरण चोक नजिकै हातपात र दुव्यवहार भएको हो । रिफे्रेस क्याफे नजिकै सडक छेउमा रहेका केहि युवाहरुले राती १२ बजेको समयमा चौधरीमाथी दुरव्यवहार गरेका हुन् । उनिहरु मध्ये केही युवाहरु सोहि क्याफेवाट निश्किएका थिए । गाली गलोच गर्दै चौधरीको मोवाईल र डायरी खोसेका हुन् ।

नगद र अन्यकागजात समेत लुट्ने प्रयास गरेका थिए । मिडियाको कार्ड देखाएपनि उनिहरुले उल्टै कार्ड नै खोसेको पत्रकार चौधरीको गुनासो छ । राती १२ बजको समयमा क्याफेवाट निश्किीएका युवाहरुले संचार संस्था र संचारकर्मीहरुलाई समेत गालीगलोच गरेका थिए । घटना भएको केहिपछि पुगेको प्रहरीले उल्टै उनिहरुकै कुरा सुनेको गुनासो पत्रकार चौधरीको छ । घटनाको भ्रत्सना गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीले आक्रमणकारीलाई तत्काल कारबाही गर्न प्रहरी प्रशासन संग माग गरेको छ।