हेर्नुहोस त जाडोमा रायोको साग खानुका काइदै काइदा

प्रकाशित मिति:

एजेन्सी –  जाडो महिनाको सुरुवात भए पछि हामीले खानामा बिषेश ध्यान दिनु पर्छ । किनभने कतिपय खानेकुराहरु जाडो मौसममा खानाले शरीरलाई हानी नोक्सानी गर्न सक्छन् । जाडो मौसममा त्यस्ता खानेकुरा खानुपर्छ जसले हाम्रो शरीरलाई ताप प्रदान गर्छन् । त्यस्तै जाडो मौसमका लागि अत्ति उपयोगि तरकारी हो रायोको साग । रायोको सागसँग जो कोही परिचित हुन्छन् । यसलाइ नरुचाउँने व्यत्ति पनि बिरलै होलान् । यो साग धेरैलाई मा पर्छ र यो खानुका पनि धेरै फाइदाहरु रहेका छन् । साग खाँदा भिटामिन पाइन्छ भन्ने पनि सबैलाई थाहा भएकै कुरा हो । यो मौसममा रायोको साग जताततै पाईन्छ । रायोका साग बढी पोषणयुक्त तरकारीमा रायो पर्छ। यो स्वास्थ्यका दृष्टिले पनि अत्यन्त फाइदाजनक हुन्छ । रायोको साग खानुका फाइदाहरु थाहाँ पाउँनुहोस्…

रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइने भएकाले रतन्धो, पुरानो बाथ, आदिबाट बचाउँन मदत गर्दछ ।
रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले मानव शरीरमा रहने विभिन्न अनावश्यक वस्तुलाई बाहिर निकाल्ने गर्छ ।
रायोको सागमा भिटामिन के प्रचूर मात्रामा पाइने हरनाले यो साग गर्भवतीका लागि अत्ति उत्तम मानिन्छ ।
जाडोमा बाथका रोगीलाई हड्डी र गोडा दुख्ने समस्या हुने भएकाले रायोको साग सेवन गर्नु पर्छ । किनभने यसमा पाइने कपरले यस्तो मस्याबाट बचाउँदछ ।
रायोको सागमा भिटामिन सी पनि पाइने भएकाले रुघाखोकी लागिरहने व्यक्तिलाई पनि फाईदा पुर्याउदछ ।
रायोको सागको नियनित सेवन गर्नाले पिसाबनलीमा हुने पत्थरीलाई र क्यान्सरको जोखिमबाट बच्न सकिन्छ ।