पत्रकार राज चौधरीमाथि भएको आक्रमणप्रति फोनिज रुपन्देहीको ध्यानाकर्षण

२२ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
16 Shares


बुटवल / पत्रकार राज चौधरीमाथि भएको आक्रमणप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीको ध्यानाकर्षण भएको छ । फोनिज रुपन्देहीका अध्यक्ष सनु थापाद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा पत्रकार चौधरीमाथि भएको आक्रमण र लुटपाट प्रयासप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्नलाई पहिचान गरि हदैसम्मको कारबाहीका लागि प्रहरी प्रशासन समक्ष माग गरेको छ ।

घटनास्थलमा प्रहरी पुगेपनि आक्रमणमा संलग्नहरुलाई पक्राउ गरि अनुसन्धान नगरिएको प्रति प्रहरीको कार्यशकुशताप्रति शंका उब्जेको विज्ञप्तिमा उल्लेख छ । बुद्ध सामुदायिक टि.भि.मा कार्यरत फोनिज रुपन्देहीका निवर्तमान उपाध्यक्ष पत्रकार राज चौधरीमाथि बिहिबार राती कार्यालयको नियमित काम सकेर घर फर्कने क्रममा कार्यालयबाट करिब ५ सय मिटर टाढा जागरण चोकमा ९÷१० जनाको समूहमा रहेका युवाहरुले मोवाइल र पैसा माग्दै आक्रमण गरेका थिए । उनीहरुले पत्रकार चौधरी सवार मोटरसाइकल रोकी चारैतीर घेरेर आक्रमण गरेको पीडित पत्रकार चौधरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया