चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता, सिद्धार्थ विजयी

२२ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
16 Shares


स्वस्तिक श्रेष्ठ/बुटवल-स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ अन्तरगत शुक्रबारको खेलमा सिद्धार्थ युवा क्लब बासगढी विजयी भएको छ । सिम्रिक युवा क्लब कालिकानगरलाई १–० गोल अन्तरले पराजित गर्दै सिद्धार्थ क्वाटरफाईनलमा प्रवेश गरेको हो ।
रामनगर खेलमैदानमा भएको प्रतिस्प्रर्धात्मक खेलमा सिद्धार्थका जमीर मियाले एकमात्र गोल गरेका थिए ।

खेलको ६६ औ मिनेटमा बिमल श्रीषको पासमा जसीरले गोल गरेका थिए । उनि खेलमा म्यान अफ दी म्यानबाट पुरस्कृत भएका थिए । शनिबार पहिलो क्वाटरफाईनल खेलमा आयोजक सयपत्री युवा क्लबले पाल्पा–११ को सामना गर्ने सचिव सन्तोष गुरुङले बताए । कार्तिक ३० गतेसम्म संचालन हुने प्रतियोगितामा प्रतियोगितामा १२ टिमले भाग लिएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया