निर्वाचन र आम सञ्चार विषयक कार्यशाला रुपन्देहीमा शुरु

२२ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
20 Shares


रुपन्देही/पत्रकार महिलाका लागि निर्वाचन र आम सञ्चार विषयक कार्यशाला रुपन्देहीमा आजदेखि शुरु भएको छ ।युएनडिपी, संयुक्त राष्ट्रसंघ निर्वाचन सहयोग कार्यक्रम, युनेस्को ,निर्वाचन आयोगको सहयोगमा सञ्चारिका समूह नेपालले आयोजना गरेकोे कार्यशालामा प्रदेश नं ५ का जिल्लाहरुमा कार्यरत २७ जना पत्रकार महिलाहरुको सहभागिता रहेको छ । तालिमको शुभारम्भ गर्दै सञ्चारिका समूहका पुर्ब अध्यक्ष बबिता बस्नेतले पत्रकारहरुले कुनै एक विषयमा समाचार संकलन गरेर मात्र नपुग्ने भएकाले सबै विषयमा जानकार हुन आवश्यक रहेको बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुका प्रमुख अयोध्या प्रसाद भण्डारीले निर्वाचन प्रकृया र प्रणालीबारे पत्रकारहरु सचेत भएमात्रै जनतामा सहि सुचना जाने बताउनुभयो ।

सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले पत्रकारितालाई जनतामाझ विश्वासीलो बनाउन निर्वाचन सम्बन्धमा गरिने सबै सामाग्री तथ्यपरक हुनुपर्ने भएकाले महिला पत्रकारहरुलाई कार्यशाला आयोजना गरिएको जानकारी गराउनुभयो ।रुपन्देहीको मणिग्राममा आयोजित ३ दिने कार्यशालामा नेपाली मिडियाको अवस्था र मिडिया निति , निर्वाचनमा मिडियाको भूमिका, अभिव्यक्ति स्वतन्त्रता र निर्वाचन , सामाजिक सञ्जाल र महिला पत्रकारहरुको सुरक्षा अवस्था लगायतका विषयमा विज्ञहरुले प्रशिक्षण दिनुहुने सञ्चारिका समूहका महासचिब बिमला तुम्खेवाले जानकारी दिनुभयो ।कार्यशालामा नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष महेन्द्र विष्ट, सञ्चारिका समूहका पुर्ब अध्यक्ष बस्नेत, सञ्चारिका समूहका अध्यक्ष पण्डित, जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुका प्रमुख भण्डारीले प्रशिक्षण दिने कार्यक्रम छ । कार्यशालाको अन्तिम दिन प्रदेश नं ५ का महिला राजनितिज्ञहरुसंग अन्तक्रिया कार्यक्रम राखिएको सञ्चारिका समूहका कार्यक्रम संयोजक रुपा बस्नेतले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • पश्चिम नवलपरासीमा ११ जनाको आरडिटि रिपोर्ट पोजेटिभ
  • चुनौतीलाइ चाङ पन्छाउदै अघि बढ्दै सियारीका प्रेम पन्थि : कृषी…
  • रुकुम हत्याकाण्डका दोषीलाई कारवाही नहुदा सम्म खवदारी जारी रहन्छ :…
  • संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
  • अमेरिकाका दर्जनौं शहरहरूमा हिंसा भड्किएसँगै सैन्य प्रहरी तैनाथ
  • आज मात्र थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि,भएसंगै संक्रमितको संख्या…
  • क्वारेन्टिनमा बसेकी बाजुराकी महिलाले बच्चा जन्माईन
  • किसानको तरकारी नगरपालिकाबाट खरिद बिक्री
  • क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई सित्तैमा कण्डम
  • स्कुल अफ डेमोक्रेसीको संरचना प्रदेश र जिल्ला तहमा ! गण्डकी…