नेपाल–युरोपेली सङ्घ सम्बन्धबारे परराष्ट्रमन्त्रीसँग छलफल

२२ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
29 Shares


काठमाडौँ-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएकी एशिया–प्रशान्त क्षेत्रका लागि युरोपेली सङ्घका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले उहाँकै कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा नेपाल–युरोपेली सङ्घ सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । उहाँहरुबीच आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयमा पनि छलफल भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया