भारतीय दादागीरीको विरुद्ध तरुण दल रुपन्देही को विशाल प्रर्दशन

२२ कार्तिक २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
43 Shares


बुटवल । भारतको नया नक्सानमा नेपाली भूमि गाभिएपछि नेपाल तरुण दल रुपन्देही बिरोधमा उत्रिएको छ । नया नक्सामा नेपालका बिभिन्न भूभाग भारतमा गाभिएकोबारे बुटवलमा तरुण दलले बिरोध प्रदर्शन गरेको हो । बुटवलमा भएको प्रदर्शनमा ‘लिपुलेक हाम्रो हो’ ‘गो ब्याक ईन्डिया’ लेखिएको प्ले कार्ड,नाराबाजि गरिएको थियो ।बिरोध जुलुसपछि आयोजित कोणसभामा बोल्दै तरुण दल रुपन्देहीका अध्यक्ष सोम गुरुङ्गले राष्ट्रवादीको खोक्रो नारा दिएर सत्तामा पुगेको नेकपा नेतृत्वको बर्तमान सरकार भारतले नेपाली भूमी मिच्दा समेत चुप लागेर बसेको भन्दै सिमा बिवाद समाधानकालागि तत्काल कुटनीतिक पहल गर्न माग गरे ।नेपालको भूमि भारतीय नक्सामा राखेर भारतले नेपालको अपमान गरेको बताए ।

भारतको यो हेपाहा प्रवृत्ती आफुहरुलाई मान्य नहुने भन्दै उनीहरुले नक्सा नसच्याउँदासम्म चुप लागेर नबस्ने बताएका हुन् । सरकारले तत्काल कदम चाल्न पनी उनीहरुले माग राखेका छन् । भारतले नेपालको भुभाग भारतीय नक्सामा राखेको विरोधमा भएको रुपन्देही हिजो नेबिसंघले रांके जुलुस निकालेको थियो ।भारतले हालै जारी गरेको राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र पारिएको छ । यसको देशभर नै चौतर्फी विरोध भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया