शरीर बन्धक बनाएर राख्ने जेनस अस्पताललाई कागजात पेशगर्न सामाजिक विकास मन्त्रि बरालको निर्देशन

प्रकाशित मिति:

उपचार खर्च तिर्न नसकेर अस्पतालमै बन्धक बनाइएका सुरज बिकको उपचारको बारेमा प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले चासो ब्यक्त गर्दै अस्पताललाइ निर्देशन दिएका छन् । मोटरसाइकल दुर्घटनामा परेपछि ०७४ जेठ १४ गते बुटवलको जेनस अस्पताल भर्ना भएका नवलपरासी भर्तापुर–१, मिठ्ठाका २२ वर्षिया सुरज विक अस्पतालमै बसेका थिए र उनलाइ केहिदिन पहिले घर फर्काइएको हो ।मन्त्री बरालले अस्पताल संचालनको लागि दर्ता अनुमति र अहिलेसम्मको काम कारबाहीको बिस्तृत बिबरण सहित मन्त्रालयमा हाजिर हुन जेनस अस्पताललाइ निर्देशन दिएका हुन् । अस्पतालले गर्ने उपचारको बारेमा जिल्ला जनस्वास्थ्यमा पठाउनुपर्ने प्राबधान भएपनि जेनसले पठाएको वा नपठाएको बारे पनि जानकारी गराउन मन्त्री बरालले जिल्ला जनस्वास्थ्य प्रमुखलाइ मन्त्रालयमा बोलाएका हुन् । बुटवलको अस्पताललाइनमा रहेको जेनस २४ बेडको अस्पताल हो ।
अस्पताललाइ शरिर बन्धक मुद्धामा कारबाही गर्नुपर्ने बेलामा पैसा दिने भनेर उल्टो सहमति गरिनु राम्रो नभएको उनको भनाइ छ ।मन्त्रालयमा अस्पताल,प्रहरी ,जनस्वास्थ्यका अधिकारी सहितको छलफल राखिएको जनाइएको छ ।आफन्तको मोटरसाइकल चलाउँदा उनको दायाँ खुट्टा भाचिएछि जेनस अस्पतालमा उपचारमा लागेको करिव १२ लाख रुपैयँ तिर्न नसकेपछि बिक ०७४ मंसिरमा डिस्चार्ज भए पनि अस्पतालमै बस्नुपरेको थियो।अस्पतालकी सञ्चालक डा. शारदा सिंहले धेरै जना बिरामी आउने भएकाले सबैलाई फ्रि गर्न नसकिने बताउदै आएकी छन् ।