प्रिमियर लिगमा वाटफोर्डको पहिलो जीत

प्रकाशित मिति:

काठमाडौं/वाटफोर्डले प्रियिमर लिग फुटबलको चालू सिजनमा पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा वाटफोर्डले नर्विच सिटीलाई २–० गोल अन्तरले हराएको हो ।जेरार्ड देउलोफ्युले खेलको दोस्रो मिनेटमा गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । आन्द्रे ग्रेले ५२ औ मिनेटमा वाटफोर्डको अग्रतालाई दोब्बर बनाउँदै क्लबको जित सुनिश्चित गरेका थिए । उनले देउलोफ्युको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

क्रिश्चियन केबेसल ६५ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टिम १० खेलाडीमा सिमित बनेको थियो ।वाटफोर्डले प्रिमियर लिगमा पहिलो जित दर्ता गर्दै तालिकाको पुछारदेखि तेस्रो स्थानमा उक्लियो । उसले ११ खेलबाट ८ अंक जोड्यो ।नर्विच ७ अंक सहित तालिकाको पुछारमा रह्यो ।