आफैले फर्काइएका झा लाई किन दियो सरकारले नियुक्ति ? दूरसंचारको अध्यक्षमा झा को निरन्तरता

प्रकाशित मिति:

काठमाडौं। देउवा सरकारले दोस्रो कार्यकालका लागि नियुक्त गरेका नेपाल  दूरसंचार प्राधिकरणका अध्यक्षलाई दिगम्बर झालाई ओली सरकारले फिर्ता बोलाएर फेरी पुर्न नियुक्ति थमाएको छ । बिहिबार बसेको मन्त्रि परिषद्को बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा फेरि पनि दिगम्बर झा नियुक्त गरेको हो। योसँगै उनी ४ वर्षका लागि फेरि झालाई प्राधिकरणको अध्यक्ष बनेकाछन् ।

त्यस्तै सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङ संयोजक रहेको सिफारिस समितिले गरेको सिफारिस अनुसार झा प्राधिकरणमा दोहोरिएका हुन्।

समितिले झासँगै पूर्व सचिव सुशील घिमिरे र प्राधिकरणका वरिष्ठ निर्देशक पुरूषोत्तम खनाललाई अध्यक्षका लागि सिफारिस गरेको थियो ।

वर्तमान सरकारले काम गर्न नसकेको भन्दै झालाई यसअघि प्राधिकरणबाट हटाएको थियो। सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले अन्तरिम आदेश दिँदै झालाई फिर्ता बोलाएको थियो । तर झाले मुद्दा फिर्ता लिएका थिए । सरकारको दवावका कारण मुद्धा फिर्ता लिएको अनुमान गरिएका झा फेरी कसरी सरकारको प्राथमिकतामा परे भन्ने कुरा गौण छ । शुरुको कार्यकालमा केही बिवादित बनेका उनलाई देउवा नेतृत्वको सरकारले पहिलो कार्यकाल सकिए पछि दोस्रो कार्यकालका लागि नियुक्त गरेको थियो ।