चोटका कारण मैदान बाहिर रहेका नेयमार रियलविरुद्व उत्रने

२३ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
31 Shares


काठमाडौं – चोटका कारण मैदान बाहिर रहेका फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार नेमयार मैदान फर्कने तयारी गरेका छन् ।उनी च्याम्पियन्स लिगको खेलमार्फत मैदान फर्कने तयारी गरेका हुन् । अघिल्लो महिना ब्राजिलले नाईजेरियाविरुद्व खेलेको मैत्रीपूर्ण फुटबलमा उनले चोट बोेकेका थिए । त्यसपछि नेयमार मैदान बाहिर रहदै आएका छन् ।नेयमार च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको भ्रमण गर्ने समय मैदान फर्कने तयारी गरेका हुन् ।

पीएसजीले नोभेम्बर २६ मा अवे खेल अन्तर्गत रियल मड्रिडविरुद्व खेल्दैछ ।चोट बोक्नु अघि नेयमारले पाँच क्लब खेलमा चार गोल गरेका थिए । २७ बर्षका ब्राजिली फरवार्ड नेयमार विश्व कीर्तिमानी मुल्यमा पीएसजी गएका थिए । उनको करियर भने चोटले बिथोलिएको छ ।गत समर ट्रान्सफरमा नेयमार रियल मड्रिडसंग जोडिएका थिए । तर अन्तिममा उनी फ्रान्समै रहने निश्चित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया