दाङ क्षेत्र नं ३ (२) प्रदेशसभा सदस्य उम्मेदवार सुरेस परियारसँग पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

२३ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
68 Shares


तुल्सीपुर /नेपाल मजदुर किसान पार्टी ५ नं। प्रदेश समितिको आयोजनामा शनिबार तुल्सीपुरमा दाङ क्षेत्र नं। ३ (२) प्रदेशसभा सदस्य उम्मेदवार सुरेस परियारसँग पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयो ।कार्यक्रममा नेमकिपा ५ नं। प्रदेश समिति संयोजक हरिसुन्दर वासीले कम्युनिष्टको नाममा भोट माग्ने नक्कली कम्युनिष्टहरुले कम्युनिष्टकै बदनाम गरिरहेको छ भन्नुभयो । चीन विरोधी गतिविधि गर्न र सार्वभौम उत्तर कोरियामाथिको नाकाबन्दीलाई समर्थन गर्ने शर्तमा संरा अमेरिकी साम्राज्यवादबाट ५६ अरव रुपैयाँ सहयोग लिन मिलिनियम च्यालेन्ज कर्पोरशेन ९एमसिसि० सम्झौता गरेको उल्लेख गर्दै संयोजक वासीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले भनेजस्तो एमसिसि सामान्य सम्झौता हो भने किन संसदबाट अनुमोदन गर्नुपर्छ भनी प्रश्न गर्नुभयो ।

फासीवादी मोदी सरकारले जम्मु काश्मिरको विशेष अधिकार खोसेपछि काश्मिरको नक्सा सार्वजनिक गर्ने क्रममा नेपाली भूमिसमेत समेट्नु निन्दनीय भएको चर्चा गर्दै संयोजक वासीले कालापानीबाट तत्काल भारतीय सेना हटाउन र लिम्पियाधुरासम्मकै नेपाली भूभाग अतिक्रमणबाट मुक्त गर्न अन्कनाइरहेको सरकारलाई दबाब दिनु जरुरी छ भन्नु भयो ।नेमकिपाबाट दाङ क्षेत्र नं। ३ (२) प्रदेशसभा सदस्य उम्मेदवार सुरेस परियारले जनताको माझ राजनीतिक स्पष्टताको लागि नेमकिपाले उपनिर्वाचनमा उम्मेदवारी दिएको बताउनु भयो । सरकारमा रहेको नेकपाले जनतालाई कम्युनिष्ट भनेर ठगिरहेको मात्र छैन, स्वयम् काँग्रेसले पनि कम्युनिष्ट चरित्र छोडीसकेको पार्टीलाई कम्युनिष्टै हो भनी झन् बल पु¥याइरहेको उल्लेख गर्दै उम्मेदवार परियारले एमाले माओवादीको नेकपा र काँग्रेस दुवै पुँजीवादी पार्टीहरु हुन् भन्नुभयो ।दाङबाट दैनिक ५१ वटा रात्री बस खचाखच भरिएर काठमाण्डौ जानुले देश संघीयतामा गएको भने पनि केन्द्रिकृत अवस्थामै रहेको चर्चा गर्दै उम्मेदवार परियारले दाङ उपत्यकामा राजधानी राख्न सके देशको सन्तुलित विकास हुन्छ भन्नुभयो । पत्रकार भेटघाटमा नेमकिपा दाङका पूर्व अध्यक्ष देवराज देवकोटा र रिपोर्टस् क्लव अफ दाङका अध्यक्ष शरद रेग्मीलगायत सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया