नेपालमा भन्दा भारतमा इन्धन महंगो, नेपाल आयल निगमलाई थप घाटा पुराउने संकेत

प्रकाशित मिति:

काठमाण्डौ / सरकारले हालै पुन : इन्धनको मुल्य बढाएको छ । डलरका कारण तल माथि हुने यो दर नेपालमा मात्र हैन भारतमा पनि यति बेला मुल्य आकाशिएको छ । भारतीय मिडियाहरु अनुसार शुक्रबार भारतीय बजारमा पेट्रोल को मुल्य ८७ रुपैया भारु ( नेपाली रुपैया १३९ ) कायम भएको छ भने डिजल ७६ ( नेपाली रुपैया १२१ रुपैया ६ पैसा ) रुपैया पुगको छ । यो दर प्रान्त अनुसार फरक फरक छ तथापी यो ८० र ८७ को बिचमा छ । यस्तो अवस्थामा नेपालमा यसको प्रत्यक्ष असर देखिन्छ । नेपाली बजारमा अहिले पेट्रोलको मुल्य ११२ र डिजलको ९८ कायम छ । नेपाल आयल नियमका अनुसार निगम अझै पनि घाटामा छ । भारतीय बजारमा नेपालमा भन्दा मूल्य बढि हुँदा खुला सिमाना भएको नेपालका सिमा नाकाबाट भारतीय उपभोक्ताले नेपाली पम्पबाट खरिद गरे निगमलाई थप घाटा हुने भएको छ ।