नेपाल आउने पर्यटकको संख्यामा वृद्धि

प्रकाशित मिति:

काठमाडौं/काठमाडौं गत अक्टोबर महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ पर्यटन बोर्डका अनुसार अक्टोबर महिनामा १ लाख ४३ हजार ८ सय ७० जना पर्यटक नेपाल आएका छन् । यो गत वर्षको अक्टोबर महिनाको तुलनामा यस वर्ष १० प्रतिशतले बढी हो ।जसमध्ये १ लाख २३ हजार २६७ जना हवाई मार्गबाट, २० हजार ६०३ जना सडकमार्गबाट नेपाल भित्रिएका थिए ।सन् २०१९ को पहिलो १० महिनामा नेपाल आउने कुल पर्यटकको संख्या ९ लाख ७५ हजार ५५७ जना पर्यटक पुगेको छ । जसमध्ये ८ लाख २० हजार ४९९ पर्यटक हवाई मार्ग र १ लाख ५५ हजार ५८ जना पर्यटक सडकमार्गबाट नेपाल आएका छन् ।

यस वर्ष अक्टोबर महिनामा गत वर्षको अक्टोबार महिनाको तुलनामा नेपालमा भारतीय पर्यटक ९।१ प्रतिशतले बढेका छन् । भारतीय पर्यटक १२ हजार ७०७ नेपाल आएका छन् । नेपालमा सार्क राष्ट्रबाट आउने पर्यटकको अक्टोबर महिनामा मात्रै ७ प्रतिशतले बढेको छ ।बोर्डका सीईओ दीपकराज जोशीले विदेशी पर्यटक बढ्नुमा निजी क्षेत्रसँगको सहकार्य, कुटनीतिक नियोग, नेपाली डायसपोरा, सञ्चारमाध्यम तथा साझेदारहरुको प्रमुख भूमिका रहेको बताए ।