१४ औं साग पाकिस्तानमा गर्ने प्रस्ताव

२३ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
43 Shares


एजेन्सी /दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४ औं संस्करणको दक्षिण एसियाली खेलकुद साग पाकिस्तानमा गर्ने प्रस्ताव गरेको छ ।नेपालमा आयोजना हुने १३ औं साग अघि शनिबार बसेको काउन्सिलको बैठकले अर्को साग पाकिस्तानमा गर्ने प्रस्ताव गरेको हो ।

साग आयोजनाको पालो अब पाकिस्तानको रहेको छ । विधानअनुसार पाकिस्तानलाई पत्र पठाउने जानकारी दिँदै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले १३ औं सागअघि पाकिस्तानको प्रतिक्रिया हर्ने र त्यसपछि त्यहाँको अवस्था हेरेर गर्न नसक्ने हो भने आयोजक परिवर्तन गर्न सकिने बताए ।पाकिस्तानले आयोजना गर्न नसके १४ औं साग श्रीलंका र माल्दिभ्समा संयुक्त हुनेछ । बैठकमा सात राष्ट्रका ओलम्पिक कमिटिका अध्यक्षको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया