कपिलवस्तुमा पनि सीमा नाका बन्द

प्रकाशित मिति:

मनोज श्रीवास्तव/कपिलवस्तु– राम जन्मभूमि–बाबरी मस्जिद भूमि विवाद मुद्दामा सर्वोच्च अदालतको फैसला आउनुपूर्व भारतीय केन्द्र सरकारले सबै राज्यसँग  अलर्ट रहन र संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरेको छ ।भारतको सबैभन्दा संवेदनशील, धार्मिक र राजनीतिक मुद्दामध्ये एक मानिएको राम जन्मभूमि–बाबरी मस्जिद विवादमाथि भारतका मुख्य न्यायाधीश रंजन गोगोईको नेतृत्वमा सर्वोच्च अदालतले आज फैसला सुनाउने छ ।अयोध्यामा मन्दिर–मस्जिद विवादलाई लिएर भारतीय सर्वोच्च अदालतले गर्ने फैसलालाई लिएर अयोध्या लगायत उत्तर प्रदेशमा कडा सुरक्षा व्यवस्था लागू गरिएको हो ।

भारतीय सरकारले अर्दसैनिक बलका करिब ४० हजार सुरक्षाकर्मीले भारतमा गस्ती गरिरहेका छन् । स्कुल, कलेज बन्द छन् भारतका विभिन्न ठाउँहरूमा उच्च सुरक्षा व्यवस्था गरिएको छ । अयोध्यामा धारा १४४ लागू गर्दै उच्च सुरक्षा व्यवस्था लागू गरिएको छ ।भारतले यसै विषयलाई लिएर नेपाल सरकारसँग सुरक्षा व्यवस्था गर्न र नाकामा हुनसक्ने सुरक्षा संवेदनशीलताप्रति सजग गराएको छ । नेपालसँग सिमाना जोडिएका भारतका विभिन्न जिल्लाहरूमा सीमा नाकाहरू बन्द गरिने भएको छ ।भारतको सर्वोच्च अदालतले गर्ने फैसलाका कारण भारतीय सीमा नाका बन्द गरिएको र भारत सरकारको अनुरोधमा कपिलवस्तुका सीमा नाका बन्द गर्ने निर्णय गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताउनुभयो ।सोही अनुरूप भारतको सिमाना जोडिएको कपिलवस्तुमा शनिवार बिहानदेखि बन्द भएको छ । अवस्था हेरिकन सीमा नाका खोलिने जिल्ला प्रशासन कपिलवस्तुले जनाएको छ । एक्कासि भारतको सर्वोच्च अदालतले आज फैसला गर्ने बताएपछि सर्वसाधारणले यसलाई महत्त्वका साथ लिएका छन् । News24