सितारा सहकारीको साधारण सभा शनिबार सम्पन्न

२३ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
30 Shares


तिलोत्तमा – सितारा बचत तथा क्रृण सहकारी संस्था तिलोत्तमा–३ शंकरनगरको १२ औंं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
तिलोत्तमा नगरपालिका कार्यक्षेत्र रहेको सहकारीको साधारण सभाले अध्यक्ष मातृका ज्ञवालीको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष मिन प्रसाद पोेख्रेलको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक पिताम्वर खनालको लेखा प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।साधारण सभाको उदघाटन गर्दै तिलोत्तमा नगरपालिका सहकारी विभाग प्रमुख माधव प्रसाद पोखरेलले कृषि, पशुपालन र उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै सहकारी क्षेत्र मुलुकको आर्थिक विकासको मेरुदण्ड भएको बताए ।तिलोत्तमा नगरपालिका वडा नम्वर ४ का अध्यक्ष दिवाकर ढकालले सहकारीको बचतलाई उत्पादनमुलक क्षेत्रमा लगाउन सके गृहणी महिलाहरु समेत आत्म निर्भर हुने भएकाले व्यापारलाई भन्दा उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए ।वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ज्ञवालीले सहकारी सम्बन्धी सम्पूर्ण अधिकार स्थानीय तहमा आइसकेकाले सहकारीमा देखिएका बाधा तथा चुनौतीहरुलाई समाधान गर्न स्थानीय सरकार नै सशक्त रुपमा लाग्नुपर्नेमा जोड दिए ।

संस्थाका कोषाध्यक्ष मिनप्रसाद पोखरेलले आर्थिक वर्ष २०७६÷७७ का लागि ६ करोड ९० लाख ५० हजार रुपियाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष गणेश पन्थी, सचिव रमेश पराजुली, नवजीवन सहकारीका अध्यक्ष नारायण पाठक, सूर्यकिरण सहकारीका उपाध्यक्ष झविन्द्र खड्का लगायतले बोलेका थिए ।कुल ५ सय ५४ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी १ करोड ३० लाख ४ हजार ७ सय ५० रुपियाँ रहेको छ ।त्यस्तै बचत निक्षेप ४ करोड ४ लाख ४६ हजार ७ सय ६५, दैनिक बचतमा ४६ लाख ३७ हजार ७ सय ६१ रुपियाँ रहेको र गत असार मसान्तसम्म ५ करोड ७५ लाख ६८ हजार ५ सय १५ रुपियाँ कुल लगानी रहेको साधारण सभाका अवसरमा जानकारी गराइएको थियो । सहकारीले आर्थिक वर्ष २०७५÷७६ मा कुल सञ्चालन आम्दानी ६४ लाख ६१ ह्जार ५ सय ३४ रुपियाँ गरेको छ भने ३ लाख ७७ हजार ५ सय ५९ रुपियाँ खुद नाफा हासिल गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया