धर्मगुरुको जन्मउत्सवमा वृहत रक्तदान १ सय ५ युनिट रगत संकलन

२३ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
26 Shares


बुटवल – ईस्लामा धर्मका धर्म गुरु पैगम्बर मुुहम्मद मुस्ताफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४९४ औ शुभ जन्मउस्तवको अवसरमा मदिना मदरसा मस्जिद प्रबन्ध परिषद बुटवल–३ विकास पथको अयोजनामा वृहत रक्तदान कार्यक्रम गरेको छ । आज भन्दा १७ बर्ष पहिला देखि सुरु गरिएको रक्तदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । छात्रवृती समेत वितररण गरिएको कार्यक्रममा संस्थाका पुर्ब अध्यक्ष तथा संरक्षक हाजी जमाल मियाको प्रमुख आतिथ्यता रहेको थियो । मस्जिद का अध्यक्ष हाजी शकुर मियाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य रक्त दान कार्यक्रमका संयोगजक सबर मिया गरेका थिए ।कार्यक्रममा रजाय मुस्तफा मस्जिद समितिका बरिस्ठ उपाध्यक्ष हाजी रहमत खान, मदिना मस्जिद का बरिस्ठ उपाध्यक्ष जलिउल्लाह ,

मनिउल्लाह मिया, जबुल मिया, गोरे अलि मिया, मस्जिदका पुर्ब अध्यक्ष हाजी अहमद अलि मिया, बबर अलि मिया सरस्वती सामुदायिक स्कुलका प्राध्यापक , समाज सेबि मनमोहन गुभाजु ले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम मदिना मदरसा मस्जिद समितिका सचिब मोहम्मद जमिल खान ले संचालन गरेको कार्यक्रममा १ सय ५ जनाले रक्त दान गरेको हुन । कमाल दिन मियाका अनुसार सरस्वती माबी का छात्र छात्रा लाइ करिब २५००० बराबर को पाठ्य सामाग्री बितरण गरिएको छ । संस्थाका सलाम बक्स मियाका अनुसार शनिवार साँझ नै मिलादुन कार्यक्रम समेत आयोजना गरिएको छ । संस्थाले बुटवल सालघारी स्थित दृस्टिबिहिन आश्रममा राहात सामाग्री बितरण गरिने कार्यक्रम आईतबारलाई तय गरिएको सचिब मोहम्मद जमिल खान ले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया