युवा सञ्जाल नेपालको अध्यक्षमा खाती चयन

२३ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
28 Shares

smart

तिलोत्तमा – युवा सञ्जाल नेपाल तिलोत्तमा १५ कोटिहवाको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले मानबहादुर खातीको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ ।आज तिलोत्तमा १५ पथ्थरडाडा स्थित मिड प्वाइन्ट रिसोर्टमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा लालमणी भुसाल, महासचिवमा शिव प्रसाद गैरे, सचिवमा पुरुषोत्तम सुवेदी, कोषाध्यक्षमा ताराप्रसाद नेपाल चयन भएका छन् ।त्यसैगरी सदस्यहरुमा तोयाराम बस्याल, ईश्वर बुढाथोकी, पशुपति भण्डारी, झवि थापा, बिष्णु प्रसाद भट्टराई, चयन भएका छन् । निर्वतमान अध्यक्ष अर्जुन बस्याललाई पदेन सदस्य बनाईएको छ भने सल्लाहकार पछि चयन गरिने महासचिव शिव प्रसाद गैरेले जानकारी दिए ।तिलोत्तमाको कोटीहवाका युवा युवतीको सक्रियतामा २०६८ सालमा स्थापीत सस्थाले एम्लुलेन्स सेवा प्रदान गर्दै आएको छ भने अन्य थुप्रै सामाजिक सेवा गर्दै आएको सस्थाले जनाएको छ ।साथै आगामि दिनमा पनि बिगतमा कार्यक्रमलाई निरन्तरता दिनुका साथै यही आर्थिक बर्ष भित्र तिलोत्तमा नगरपालिका भित्रका

सामुदायिक तथा सस्थागत बिद्यालयको कक्षा ८ र ९ मा पढ्ने बिद्यार्थीसंग लागु पदार्थ बिरुद्धको जनचेतना कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको कोषाध्यक्षतारा प्रसाद नेपालले जानकारी दिए ।सञ्जालका अध्यक्ष अर्जुन बस्यालको अध्यक्षता, महासचिव शिव प्रसाद गैरेको सञ्चालन तथा सदस्य ताराप्रसाद नेपालको संयोजकत्वमा भएको कार्यक्रममा तिलोत्तमा वडा नं १५ का अध्यक्ष खेमराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष बस्यालले आगामी कार्यक्रम सहित वार्षिक प्रतिवेदन तथा आयव्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष गुरुङले राष्ट्रियताका निम्ती सवै समुदाय जागरुक भएर लाग्नु पर्ने बेला आएको बताए । भारतीय विस्तारवादी प्रभुत्वका विरुद्घ सङ्घर्ष गनुपर्ने बताउदै त्यसका लागि युवा शत्ति एक जुट हुनु पर्नेमा जोड दिए ।कार्यक्रममा तिलोत्तमा वडा नं १६ का वडा अध्यक्ष झविलाल भुसाल, सल्लाहकारहरु टिकाराम पाण्डे, कृष्ण प्रसाद शर्मा बस्याल, ईश्वरी ज्ञवाली, युवराज पाण्डे, लिस्नु युवा क्लवका अध्यक्ष तारा मल्ल लगायतले बोल्दै युवा संजालले युवा केन्द्रित कार्यक्रमलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया