हाम्रो बचत तथा ऋण सहकारी संस्था चिसापानीको १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न

२३ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
36 Shares


रामु भुषाल / बर्दघाट – हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट २ चिसापानी पश्चिम नवलपरासीको आयोजनामा १२ औं वार्षिक साधारणसभा शनिबार चिसापानीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णु प्रसाद बरालको अध्यक्षता तथा सस्थाका संस्थापक अध्यक्ष हेमलाल ज्ञवालीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु प्रसाद बरालले बार्षिक प्रतिबेदन तथा आगामी निति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष गोविन्द प्रसाद पाण्डेले आर्थिक वर्ष ०७५,०७६ को कुल ४ करोड ८४ लाख ४४ हजार १ सय ५४ रुपिया बराबरको आयव्यय प्रतिवेदन प्रस्तुत गर्नुभएकोमा सस्थाले कुल २३ लाख ३१ हजार ८८ रुपिया बराबरको शुद्ध नाफा गर्न सफल भएको बताउनुभएको छ ।त्यस्तै, लेखा समयोजक विन्दुराम अधिकारीले लेखा सुपरिवेक्षक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा दिव्यज्योति मावि चिसापानीका व्यवस्थापन समितीका अध्यक्ष कमल परियार, सुपर सकोसका अध्यक्ष विष्णु बस्नेत लगाएतले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रममा स्थानयि स्तरका संघ सस्था, सेयर सदस्य, कार्य समिति सदस्य, पुर्व कार्य समितिका पदाधिकारी, सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो । सो अवसरमा एसईईमा उत्कृष्ट भएका सस्थाका शेयर सदस्यका छोरीछोरी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृट बाल बचतकर्ता, सस्थाका जेष्ठ नागरिक लगाएतलाई नगद सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिनुका साथै संस्थाका पुर्व संचालकहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो भने विविध सास्कृती कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । संस्थाका उपाध्यक्ष धनञ्जय पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका सचिव शिव प्रसाद पौडेलले गर्नु भएको थियो । २०६४ मा स्थापित सहकारीमा गत आर्थिक बर्ष सम्म ७६५ शेयर सदस्य रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया