जिसन गायन प्रतियोगिता सिजन ७ र जिसन अधारभुत तह नृत्य प्रतियोगिता सम्पन्न

२३ कार्तिक २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
34 Shares


रामु भुषाल / नवलपरासी – शैक्षिक ऐक्यबद्घताको समुह नेपाल  जिसन नवलपरासीको आयोजनामा जिसन गायन प्रतियोगिता सिजन ७ र जिसन अधारभुत तह नृत्य प्रतियोगिता बर्दघाटमा सम्पन्न भएको छ । जिसन नवलपरासीका जिल्ला अध्यक्ष्य धनराज चापागाईको अध्यक्ष्ता र प्यावसन प्रदेश न। ५ का अध्यक्ष्य राम प्रसाद पाण्डेयको प्रमुख आतिथ्य एवम् प्यावसन केन्द्रय सचिवालय सदस्य याम बाहादुर थापाको बिशिष्ट आतिथ्य र प्यावसननवलपरासीका जिल्ला अधक्ष्य इन्द्र गुरुड।को बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेयले बालबालिकाहरुको सृजनाशिलता बृद्धिका लागी प्रतिभा प्रस्फुटन प्रतियोगिता एवं अतिरिक्त क्रियाकलापको आवश्यकता रहेको बताउदै राष्ट्र विकासमा निजि विद्यालयको योगदान उल्लेख्य रहेको बताउनुभयो । सो अवसरमा विशिष्ट अतिथि थापाले निजि विद्यालयमा शैषिक तथा प्रतिभा प्रस्फुटनका कार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने औल्याउनुभयो । कार्यक्रममा प्याब्सन नवलपरासीाक अध्यक्ष एवं जिसन पुर्व अध्यष

ईन्द्र गुरुंगले कार्यक्रमको सफलताको शुभकामना दिदै बिद्यार्थीहरुलाई शैक्षिक ज्ञान मात्र नभई अतिरित्त क्रयाकलाप अन्तरगत जिसन नवलपरासीले बिभिन्न अभियान संञ्चालन गरी बिद्यार्थीको प्रतिभालाई उजागर गर्ने काममा यस्ता कार्यक्रमले बिशेष भुमिका खेल्ने बताउनु भयो । जिसनमा आबद्घ ३० बिद्यालयको सहभागिता रहेको कार्यक्रममा गायन तर्फ होलिकेयर सेकेन्डरी स्कुल बर्दघाट ५ पाल्डाँडाकी छात्रा दिया गुरुड। जिसन आइडल हुनु भएको छ भने नृत्य तर्फ मुनलाइट एकेडेमी बासा च्याम्पियन, सुनवल युनाइटेड सेकेन्डरी स्कुल सुनवल फस्ट रनरअफ, न्यु लाइफ सेकेन्डरी स्कुल बर्दघाट सेकेन्ड रनरअफ, होलिकेयर सेकेन्डरी स्कुल पालडाँडा र बसन्तपुर जेनिथ बासा थर्ड रनरअफ भएको जिसन कार्यलय सचिव गणेश न्यौपानेले जानकारी दिनु भएको छ । जिसनका जिल्ला उपाध्यक्ष्य डम्बर गुरुड।को स्वागत मन्तब्य र बरिष्ठ उपाध्यक्ष्य सन्तोष रौनियारले धन्यबाद मन्तब्य राख्नु भएको कार्यक्रको सञ्चालन सचिब दिपक पौडेल, अतिरत्ति क्रयाकलाप संमयोजक बिष्णु चौधरी र सह कोषाध्यक्ष्य कृष्णा शर्माले गर्नु भएको थियो । जिसन नवलपरासीमा करिब ५० निजि बिद्यालय आबद्घ रहेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया