रियलको जीतमा बेन्जिमाको २ गोल

प्रकाशित मिति:

एजेन्सी /करिम बेन्जिमाले निरन्तर प्रभाव जमाउँदा रियल मड्रिडले स्पेनिस लिगमा ईबरलाई हराएको छ ।शनिबार राति भएको खेलमा रियलले ईबरलाई ४–० ले हराएको हो । रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरे । कप्तान सर्जियो रामोस र भाल्भर्डेले एक एक गोल गरे ।बेन्जिमाले १७ औ मिनेटमा रियललाई अग्रता दिलाएका थिए । सर्जियो रामोसले २० औ मिनेटमा पेनाल्टीमार्फत रियलको अग्रता दोब्बर बनाए ।

बेन्जिमाले २९ औ मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–० ले अघि बढाएका थिए । दुई गोल गरेका बेन्जिमाले क्लब ईतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको छैटौ स्थानमा रहे । उनले लिजेण्ड हंगेरीका फरवार्ड फरेन्क पुस्कसलाई पछाडी छाडे ।रियलले जितेपछि शीर्ष स्थानको बार्सिलोनासंग अंक बराबरी गरेको छ । दुवै टिमको २५ अंक भएको छ ।तर गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा रहँदा रियल दोस्रो स्थानमा छ । ईबर १५ अंक सहित तालिकाको १५ औ स्थानमा रह्यो ।