आलमको मुद्धामा आज पनि थुनछेक बहस हुने, आजै फैसला हुनसक्ने !

२४ कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


रौतहट – १२ वर्षअघि रौतहटको इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको अभियोगमा पक्राउ परेका नेपाली काङ्ग्रेसका निलम्वित सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्धामा आज पनि थुनछेक बहस हुने भएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा बहस हुनेभएको हो ।२०६४ साल चैत्र २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विष्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा जलाएको आरोपमा गत असोज २६ गते नेता आलम पक्राउ परेका हुन् ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ गते पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयलाई मुद्दाको अनुसन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपी भनिएका नेता आलम पक्राउ परेका हुन् ।रौतहटको यमुनामाई गाउँपालिका ४ का त्रिलोक प्रताप सिंह मारिएको भन्दै बाबु श्रीनारायण सिंह र ओसी अख्तर मारिएको भन्दै आमा रोक्साना खातुनले कतव्र्यज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।सर्लाहीस्थित गडैता २ का सफि अहमद र भारत सितामणी जिल्ला बैरगनिया–२ का ४२ वर्षीय गौरीशंकर रामले बम विस्फोटनमा घाइते भएको उजुरी दिएका थिए । बहस आइतबार फेरि हुनेछ news24

 

फेसबुकबाट तपाईको प्रतिक्रिया