आजबाट टुडिखेलमा अकुपाइ टुँडिखेल अभियान

२४ कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
24 Shares


टुँडिखेल – टुँडिखेलको अतिक्रमण रोक्न र सर्वसाधारणका लागि खुला हुनुपर्ने माग गर्दै आजबाट अकुपाइ टुँडिखेल अभियान सुरु भएको छ । अभियान अन्तर्गत बिहान आठ बजेदेखि दस बजेसम्म रत्नपार्क देखि खुल्लामञ्च र सैनिकमञ्चको बीचको बाटोसम्म मानव साङ्लो बनाइएको हो । अभियानमा सर्वसाधारण, अभियन्ता लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता गगन थापा लगायतले ऐक्यबद्धता जनाएका छन् । आयोजकहरूले अभियानलाई सार्वजनिक जग्गा अतिक्रमण विरूद्ध सांकेतिक आन्दोलन भनेका छन् । टुँडिखेल खुला गराएर सर्वसाधारणलाई निर्वाध उपयोग गर्न दिनुपर्ने आयोजकको माग छ । अभियान तीन महिनासम्म चल्नेछ । अभियान अन्तर्गत रचनात्मक र चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् । अभियानले अरु ठाउँका पनि खुला क्षेत्र जोगाउन जागरण ल्याउने विश्वास गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • एकद्वार प्रणाली मार्फत वडा बिपन्नलाई राहत उपलब्ध गराउने
  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न