संसदीय समितिले बोलायो प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई कालापानीको विषयमा छलफल गर्न

प्रकाशित मिति:

काठमाडौं – भारतले जारी गरेको नयाँ नक्सासँगै विवादीत भएको भारतको नक्सामा परेको नेपाली भूभागको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ ।

सांसदहरुले अतिक्रमणको विषयमा छलफल आवश्यक भएको भन्दै समितिलाई दबाब दिएपछि प्रधानमन्त्रीलाई नै बैठकमा बोलाइएको हो ।नेपालको भूभागलाई आफ्नो देशको नयाँ नक्सामा भारतले समावेश गरेको विषयमा प्रधानमन्त्री ओलीसहित सम्बद्ध सरोकारवाला पक्षसँग समेत छलफल गरिने बताइएको छ । यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि सोही विषयमा छलफल गर्न परराष्ट्रमन्त्रीलाई बोलाएको छ । बैठकमा उपस्थित सीमाविद्, नेताहरुले सरकारलाई दृढतापूर्वक कुटनीतिक रुपमा समस्या समाधान गर्न सुझाव दिएका थिए ।