आज गणेशमान सिंहको १०५ औँ जन्म जयन्ती

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका संस्थापक नेता एवंम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । आज लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका हुन् ।

शोभा भगवतीमा रहेको सिंहको शालिकमा विहान माल्र्यापण गरिएको छ । कार्यक्रममा बोल्दै काठमाडौ जिल्ला सभापति सबुज बानिया, सांसद राजेन्द्र केसी लगायतले लोकतन्त्रका लागि पर्यावाची भएको बताए ।

राणा शासनको अन्त्य तथा प्रजातन्त्रको वहालीका लागि सिंंहको योगदानलाई अतुलनीय मानिन्छ । उनी नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन् । सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक विपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका थिए ।