तोलामै ह्वात्तै बढ्यो सुन

प्रकाशित मिति:

काठमाडौं  – साताको पहिलो दिन सुनचाँदीको भाउ उच्च रहेको छ ।आज तोलामै ११ सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर ७१ हजार रुपैंयामा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै, आज चाँदी पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ४० रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार प्रतितोला आठ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरि तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैंयामा कारोवार भइरहेको छ ।