हाप्किडो संघको प्रदेश अध्यक्षमा दमाई निर्वाचित

प्रकाशित मिति:

झविन्द्र देवकोटा/बुटवल – नेपाल मार्सल आर्टस हाप्किडो संघ प्रदेश ५ को बुटवलमा भएको पहिलो अधिवेशनले नयाँ समिति गठन गरेको छ । संघको आईतबार बुटवलमा भएको भेलाले रुपन्देहीका धनबहादुर दमाईको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति चुनेको हो । सम्पन्न अधिवेशनले समितिको प्रदेश उपाध्यक्षमा विश्वास गुरुङ्ग र यमु थापा, सचिवमा भुवन बुडामगर र कोषाध्यक्षमा मुक्ति पोखरेललाई चयन गरेको हो । त्यसैगरी सदस्यमा यमुना घर्तिमगर, रामु सुनार, रमेश महरा, राधा पौडेल, देवु थापा, टुल्केबहादुर थापा र सागर खवार रहनु भएको छ । निर्वाचित नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिदै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अबको केही महिनामा प्रदेश खेलकुद परिषदलाई पुर्णता दिनेतर्फ प्रदेश सरकार लागि परेको बताउनुभयो ।

उहाँले खेलकुदको विकास र खेलकुद क्षेत्रमा लगानी बढाउनका लागि परिषद आवश्यक रहेको उल्लेख गर्दै खेदकुद परिषदलाई पुर्णता दिनुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा नेपाल मार्सल आर्टस हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालिबहादुर घर्तिमगर, नेपाल कपडा ब्यवसायि संघका अध्यक्ष सरोज गौतम, लोकबहादुर परियार लगायतले नव निर्वाचित प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई बधाई तथा शुभकामना दिनु भएको थियो । रुपन्देही, पाल्पा, नवलपरासी, अर्घाखाँची, गुल्मी, कपिलबस्तु, बाँके, वर्दिया, दांङ्ग, प्यूठान, रोल्पा लगायतका जिल्लाबाट प्रतिनिधिहरु सहभागि भएको कार्यक्रमको संचालन मुक्ति पोखरेलले गर्नु भएको थियो ।

थप समाचार