कपिलवस्तुमा मुस्लिम समुदायले भव्यताका साथ मनाए मुहम्मद सल्ललाहुताला व सल्लमको जन्मउत्सव

नेपाल सरकारको बिरोधका बाबजुद हर्सौल्लास कायम रह्यो

प्रकाशित मिति:

इमरान खान/कपिलवस्तु –  इस्लामधर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललाहुताला व सल्लमको १४९४ औ जन्मउत्सवमा देश भरिका मुस्लिमहरु हार्सौउल्लास का साथ हजरत मुहम्मद सल्ललाहुताला व सल्लमको १४९४ औ जन्मउत्सव देश भरि रयालि निकाली धुमधामका साथ मनाउदै छन । त्यसतै गरि कपिलवस्तु जिल्लामा लाखौ भन्दा बढि मुस्लिमहरुले रयालि निकाली हार्सौउल्लास का साथ हजरत मुहम्मद सल्ललाहुताला व सल्लमको १४९४ औ जन्म उत्सव मनाएका छन । नेपालको राष्ट्रिय झण्डा र इस्लामको झण्डा सहित निकालिएको रयाली कपिलवस्तु जिल्लाको कृष्णनगर , चन्द्रौटा, पकडी , तौलिहवा लगायातका बिभिन्न ठाँउ ठाँउमा आज परिक्रमा गरेका छन । त्यसतै गरि कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा लाखौ भन्दा बढि मुस्लिमहरुले रयालि निकाली तौलिहवा बजार भरि परिक्रमा गरि कपिलवस्तु जिल्ला तौलिहवाको खेल मैदानमा आएर कोणसभामा परिणत भएको थियो । स्थानीय युवाहरु तथा अग्रज व्यक्तित्व, बालबालिकाहरुको सहभागितामा वृहत रयाली निकालीएको थिए ।

इस्लामिक क्यालेण्डरको तेस्रो महिना रविउल्लअव्वलको १२ तारिखको दिन नेपाली मुस्लिम सहित विश्वभरिका मुस्लिम धर्मावलम्बीहरुले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरि हजरत मुहम्मद सल्ललाहुताला व सल्लमको १४९४ औ जन्मउत्सव शदियौ देखि मनाइउदै आईरहेका छन । हजरत मौलाना अलि हसन निजामि ले बताए । जब देखि नेपालमा लोकतन्त्रको स्थापना भयो देश धर्मनिरपेक्ष भयो तब देखि नै नेपाल सरकारले ( मोहम्मद डे ) मुस्लिमधर्मालम्बीहरुको १२ रब्बिअवलको अवसरमा सार्वजनिक विदा दिदै आएकोमा अहिलेको सरकारले यो बिदा कटौती गरेरा मुस्लिम समुदायहरुलाई अक्रोशित बनाएका छन । नेपाल सरकारले कार्तिक २४ गते आईतबार (मोहम्मद डे) मुस्लिमधर्मालम्बीको १२ रब्बिअवलको अवसरमा सार्वजनिक विदा कटिएकोमा कपिलवस्तुका मुस्लिम धर्मावलम्बीहरुले नेपाल सरकार प्रति अक्रोशित भएका छन ।

यस सरकारले मुस्लिम समुदायहरुको महान चाड पर्बहरु ईद—उल—फित्र (ईद), ईद—उल—अजह (बकरा ईद), पैगम्बर मोहम्मद स.वो. जन्म जयन्ती ( १२ रबि—उल—अव्वल ), सब—ए—बरात, मोर्हरम समेतको चाड पर्ब सार्बजनिक बिदा नगरी मुस्लिम समुदायको हरेक निकायमा पहिचान सहितको समानुपातिक समाबेशी संबैधानिक हक अधिकार कुन्ठित हुने गरी भेदभाव प्रष्ट देखिएको हुदा संबिधानको र्मम मनसाय अनुरुप मुस्लिमहरुको छुट्टै पहिचान सहितको आरक्षणको ब्यवस्था गरी नेपाल सरकारले उक्त बिदाहरु संघिय सरकार र प्रादेशिक सरकार द्धारा सार्वजनिक सुचिमा राखी समाबेश गरी भन्ने माग समेत नेपाल सरकार संग गरेका छन ।