संस्कृति र संस्कार जोगाउन माग

प्रकाशित मिति:

यमलाल भुसाल \

संस्कृति र संस्कार जोगाउन सवै लाग्नु पर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिनु भएको छ । पछिला दिनमा तिजको अवसरमा आयोजना हुने हरेक कार्यक्रमहरुमा संस्कृति र संस्कार जोगाउने भन्दा पनि तडक भडक तथा पश्चिमा संस्कृतीको जगे्रना गर्ने किसिमले कार्यक्रम गरिने गरेको प्रति वक्ताहरुले चिन्ता व्यक्त गरेका छन ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले शुक्रवार वेलवासमा आयोजना गरेको तीज विशेष कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका सस्थापक अध्यक्ष माधव नेपालले परम्परा र संस्कृति जोगाउन चुनौती थपिदै आएकोले यसतफ गम्भिर हुनु पर्ने धारणा राख्नु भयो । उहाँले महिलाहरुको महान चाँड हरितालिका तीज नेपालको कला ,संस्कृती भएकाले यसको संरक्षणमा ध्यान दिन जरुरी रहेको औल्याउनु भयो ।
संघका अध्यक्ष समुन्द्र जिसीले पछिलो समयमा बढदै गएको महिला हिंसा तथा बलत्कारका घटना बढदै गएकोमा चिन्ता व्यक्त गदै त्यस्ता घटनामा संग्लन अपराधीलाई फाँसीदिने कानुन निमार्ण गर्न माग गर्नु भयो ।
संघका महासचिव माधव कुमार खनाल महिला समिति अध्यक्ष चन्दा गौतम महिला सदस्य लक्ष्मी रिजाल महिला मञ्चकी सचिव शावित्रा रेग्मीले विगतका तीजमा महिलाले वर्ष भरी भोगेका बेदनाका विषयलाई पस्कने गरेकोमा पछिल्ला तीजमा आएर विकृति र विसंगतीका विषयले प्राथमिकता पाएको धारणा राख्नु भएको थियो । सोही अवसरमा व्यवसायीहरुलाई तीजको दर समेत खुवाएर नाँच गाँन गरिएको थियो ।