तिनाउमा सहकारी शिक्षा संवन्धी तालिम सम्पन्न

२४ कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
41 Shares


झिंगामारा – तिनाउ गाउँपालिकाको वडा नं. १ कचल र झिंगामारा गाउँ गरी १६० घरधुरीका १६० जना सहकारी सदस्यताहरु वीच संचालन गरीएको शहकारी शिक्षा तालिम सम्पन्न भएको छ ।तालिम समापन समारोहमा गाउँ पालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले वडा नं. १ कचलफाँट भन्दा अलि टाढारहेको यस गाउँ मा हाल १६० सेयर सदस्य रहेको छुट्टै सहकारी संचालन गर्ने र यस सहकारीलाई दराज , कुर्चि, टेवल, रजिस्टर लगायत सहयोग गर्ने व्यवस्थापक र संचालक समितिलाई तालिमको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभएको छ । समापन कार्यक्रममा स्थानिय यम बहादुर घर्ती , चम्पा थापा, भद्र वहादुर गाहा, वडा नं. ५ को अध्यक्ष दल व. दर्लामी लगायतले नायाँ सहकारी आफ्नो गाउँमा स्थापना गर्न पाउदाँ खुसी व्यक्त गर्नुभएको कुरा मन्तव्यको क्रममा राख्नुभएको छ ।

तालिममा वडां.नं. १ अध्यक्ष रोम बहादुर लम्तरीको अध्यक्षता , तिनाउको सहकारी शाखा प्रमुख शिव आत्रेयको संचालन र गाउँ पालिाका अध्यक्ष ओम बहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा रहेको थियो । सहकारीको भेलाले केशव भण्डारीको अध्यक्षतामा( नायाँ कृषि सहकारी संस्था लिमिटेड) स्थापना गरेको छ । जसको सचिवमा यम बहादुर घर्ती र कोषाध्यक्षमा सन्तोष दर्जी चयन भएका छन । समिति सात सदस्यीय रहेको छ । सिकोडा नेपालको संयोजक राम प्रसाद ज्ञावाली र कोषाध्यक्ष श्री कृष्ण आत्रेयले २ दिन सम्म सहकारी शिक्षा तालिममा सहजीकरण गरेका थिए । तिनाउ गाउँ पालिाका भित्र २१ वडा सहकारी संस्था रहेकोमा हाल २२ वटा पुगेको छ अव सहकारीको सदस्य संख्या वृद्धि गर्दै सहकारीको संख्या घटाउदै लैजाने र सहकारीलाई मर्ज गर्दै लैजाने गाउ पालिकाको नीति रहेको गाउँ पालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • रुपन्देहीका कांग्रेस सांसदले मुख्यमन्त्रीलाई भने —‘बाबुरामको शव उठाउने वातावरण मिलाउनूस्’
  • बर्दघाट नगरपालिकाद्वारा वडा न १४ मा १ सय ४ घरपरिवारलाई…
  • छिमेकीले बाढें छिमेकीलाई राहत
  • मेयरले नै राहात कोषमा तवल जम्मा गरेपछि…….
  • उवासंघ नवलपरासीद्धारा सस्तो घुम्ती पसलबाट सेवा प्रदान
  • कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? : डा.…
  • प्रधानमन्त्रीका आइटी विज्ञले अनलाईन नियन्त्रणमा लिएर समाचार हटाएको आरोप
  • सिमानाकामा अलपत्रको उद्धार गर– कांग्रेस रुपन्देही
  • कारोना अस्पताल मृत्यु प्रकरण:पिडित परिवारलाई क्षतिपुर्ति दिन तरुण दलको माग
  • मौरी किसानलाई सवारी पास उपलब्ध गराउन सर्लाहीकामौरी किसानले माग