इस्लाम धर्म प्रबर्धक पैगम्बरको जन्मोत्सव मनाइयो

प्रकाशित मिति:

सबलपोस्ट / बुटवल – मुस्लिम समुदायले इस्लाम धर्मका प्रवद्र्र्धक (दूत) पैगम्बर हजरत मोहम्मद मुस्तफाको १४९४ औं जन्मोत्सव बुटवलसहित विभिन्न स्थानमा धुमधामका साथ मनाएका छन् । बुटवल–१स्थित रजा ए मुस्तफा मस्जिद समिति बुटवलले आइतबार वृहत ¥यालीसहित नगर परिक्रमा, धार्मिक प्रवचन र खानपान गरी पैगम्बरको जन्मोत्सव मनाएका छन् । मस्जिदबाट शुरु भएको मुस्लिम समुदायको ¥याली तिनाउ पुल,नेपालगंजरोड,पुष्पलालपार्क,ट्राफिकचोक,संगमपथ,अमरपथ हुंदै पुनः मस्जिदमा आएर समापन भएको थियो ।

मस्जिद समितिका अध्यक्ष हाजी मकवुल मिया,वरिष्ठ उपाध्यक्ष हाजी रहमत खान,उपाध्यक्ष हाजी मोहम्मद इस्माइल,सचिव अब्दुल सहमत सहित इस्लाम धर्मगुरुहरु लगायतका ¥यालीमा बालबालिका समेत करिब दुई हजार मुस्लिम समुदायको सहभागिता रहेको थियो । पैगम्बरको जन्मोत्सव मुस्लिम समुदायका लागि हिन्दुहरुको श्री कृष्ण जन्माष्टमी र इसाईहरुको क्रिसमस डे जस्तै महान र पवित्र उत्सव मानिन्छ ।

अरबको मक्कामा जन्मेका पैगम्बर मोहम्मदले आफू भन्दा गरबिलाई दान (सहयोग), नारीको सम्मान, चोरी डकैती र अपराध गर्न नहुने जस्ता मानवीय मूल्य मान्यताका उपदेशहरु दिएका थिए । उनकै उपदेश अनुसार इस्लाम धर्म अघि बढेको छ । ¥यालीपछि मस्जिदमा इस्लाम धर्मगुरु (मौलाना) हरुले मुस्लिम सुमदायलाई धार्मिक प्रचन दिएका थिए । यसअघि पैगम्बरको जन्मोत्सवको अवसरमा मस्जिद समितिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका विरामीलाई फलफूल वितरण गरेको थियो ।