प्रजातान्त्रिक विचार समाजद्वारा भारत सीमा समस्या समाधानका लागी सरकार संग आग्रह

२४ कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल – भारत सीमा समस्या समाधानका लागि प्रजातान्त्रिक विचार समाजले आज एक विज्ञप्ति निकाली सरकारलाई आग्रह हालसालै भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुला जिल्लाको उत्तर–दक्षिण भेगमा पर्ने नेपाली भू-भाग झण्डै ३ सय ७२ वर्ग किलोमिटर भू–भाग समेटिएको छ। शनिबार भारतले सार्वजनिक गरेको नक्सामा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको भू-भाग समेटिएको छ ।

जसमध्ये कालापानी क्षेत्रको ६२ वर्ग किलोमिटर र लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र भारतीय नक्सामा समावेश गरेको विषयमा प्रजातान्त्रिक विचार समाजको गम्भिर ध्यानाकर्शण भएको जनाएको छ।समाजले सरकारलाई तथ्य र प्रमाणका आधारमा नेपाल– भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्न प्रजातान्त्रिक विचार समाजले आज एक विज्ञप्ति निकाली आग्रह गरेको छ।

प्रेस विज्ञप्ति

फेसबुकबाट तपाईको प्रतिक्रिया